Section 146
पुन सञ्चालन गर्न सक्ने
:(१) कुनै कारणले श्रमिकको सङ्ख्यामा कटौती गरिएकोमा सो प्रतिष्ठान दुई वर्ष भित्र पुन सञ्चालन भएमा वा थप श्रमिक आपूर्तिगर्नु पर्ने भएमा दफा १४५बमोजिम कटौतीमा परेका श्रमिकलाई रोजगारीमा प्राथमिकता दिनु पर्नेछ ।
(२)उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कटौतीमा परेको श्रमिकलाई तोकिए बमोजिम सूचना दिदा समेत उपस्थित नभएमा अन्य व्यक्तिलाई रोजगारीमा लगाउन सकिनेछ ।
(३) रोजगारदाताले सूचना नदिएमा वा रोजगारीमा नराखेमा पैँतीस दिनभित्र सम्बन्धितश्रमिकले श्रम अदालतमा निवेदन दिन सक्नेछ ।(४)यस सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुने छ ।